फेसबुकमार्फत राष्ट्रपति भण्डारीलाई अश्लील गालीगलौज गर्ने रेडियोका स्टेशन म्यानेजर गिरफ्तार

  • काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । 

राष्ट्रपतिले गाडी किन्नका लागि १६ करोड रुपैयाँ माग गरेको भन्दै फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्ने कपिलवस्तुको तौलिहवाको हुदा रेडियोका स्टेशन म्यानेजर सोनुकुमार सुनार पक्राउ परेको रुपन्देहीका एसपी भोजजंग शाहले जानकारी दिए। 

उनलाई रेडियो कार्यालय अगाडिबाट पक्राउ गरिएको उनले जानकारी दिए । यस विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिनुभयो । पक्राउ परेका सुनारले अपाच्य शब्द प्रयोग गर्दै फेसबुकमार्फ राष्ट्रपतिलाई गाली गरेका थिए ।

२०७४ असार २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...