हस्तक्षेप गर्न सेना र पूर्वराजालाई ‘अस्थायी शिक्षक’को हारगुहार (हेर्नुहोस् बिन्तीपत्रसहित)

  • काठमाडौं ।
अस्थायी शिक्षकको नाममा ७ जनाले नेपाली सेना र पुर्वराजा ज्ञानेन्द्र शाहसामु एक निवेदन/बिन्तीपत्र हाल्दै हस्तक्षेप गर्न आमन्त्रण गरेका छन् । भूमिकाबिहिन भई एक नागरिकको हैसियतामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र फरक क्षेत्राधिकार भएको नेपाली सेनालाई उनीहरुले सो ज्ञापनपत्र/बिन्तीपत्र हालेका हुन् । 

बिन्तीपत्र हाल्नेमा समी भञ्ज्याङ मावि धादिङका शिक्षक बसन्तकुमार श्रेष्ठ, चामुण्डा मावि काठमाडौंका शिक्षक यादवप्रसाद पौडेल, गुहेश्वरी मावि सिनामंगलका शिक्षक दण्डपाणी भुसाल, सिर्जनशिल जनता मावि काभ्रेका शिक्षक डम्बरबहादुर लामा, जनप्रभात मावि कालिमाटी काठमाडौंका शिक्षक शरदकुमार मिश्र, जनजागृत मावि गोल्फुटार काठमाडौंका शिक्षक कुमार लामा काठमाडौंस्थित र प्रभात मावि क्षेत्रपाटी काठमाडौंका शिक्षक सूर्यप्रसाद तिवारी रहेका छन् । 

सर्वोच्च अदालतले विपक्षी शिक्षक सेवा आयोगकै गलत पत्रका आधारमा आदेश जारी गरेको तथा शिक्षा मन्त्रालय र विभागले पनि वेवास्ता गरेको भन्दै उनीहरुले ‘न्यायका लागि आफूहरु जंगी अड्डा र निर्मल निवास पुग्नु परेको बताएका छन् । 

बुधबार ‘न्याय पाउँ’ भन्दै सैनिक मुख्यालय जंगी अड्डा र पुर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासमा बिन्त्रिपत्र हालेका उनीहरुले अन्तिम विकल्पका रुपमा नेपाली सेना र पूर्वराजालाई गुहारेको बताएका छन् ।



,

प्रतिकृया दिनुहोस्

Loading...