देउवा क्याबिनेटमा पूर्वराजा र भारतका मान्छे मन्त्री बनेको खुलासा..

  • काठमाडौं । 
प्रधानमन्त्री शेरबहादुर देउवा क्याविनेटमा पूर्वराजा र भारतका मान्छे मन्त्री बनेको खुलासा भएको छ ।

नेपाल फोरम लोकतान्त्रिक पार्टीबाट जितेन्द्रनारायण देव र गोपाल दहितफेरि पनि मन्त्री बनेपछि पार्टीभित्रैबाट यस्तो कुराको रहस्य खुलेको हो ।  एमाले छोडेर मधेसको राजनीतिमा लागेका जितेन्द्रनारायण देव भारतीयहरुसँग नजिक रहेको बताइन्छ भने उता, गोपाल दहित तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा सहायक मन्त्री नै बनेका मान्छे हुन् ।

जितेन्द्रनारायण देवले पर्यटन र गोपाल दहितले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएपछि अहिले पार्टीभित्रका असन्तुष्ट अन्य नेताहरु अध्यक्ष विजयकुमार गच्छदारको आलोचनामा जुटेका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा फोरम लोकतान्त्रिकका एक केन्द्रीय सदस्यले भने, ‘जितेन्द्रनारायण देव वडाध्यक्षमा पनि हार्ने व्यक्ति हुनुहुन्छ । यस्ता व्यक्तिलाई मन्त्री बनाएर विजयकुमार गच्छादरले कसलाई खुसी बनाउन खोज्नु भएको हो ।’ मन्त्री बन्न नपाएकै झोँकमा जितेन्द्र देवले पार्टी नै विभाजन गर्न ठूलो कसरत गरेका थिए । फोरम लोकतान्त्रिकमा दुबैजना अलोकप्रिय मानिन्छन् । 

‘पार्टी एकीकरण गरे पनि समानान्तर पार्टी चलाउने । मन्त्री पाइन भने राजनीति नै छाड्छु भन्नेलाई मन्त्री बनाएर अध्यक्षज्यूले ठूलो गल्ती गर्नुभयो ।’ ती पदाधिकारीले भने, ‘जनाधार नै नभएका गोपाल दहितलाई पार्टीमा भित्र्याएर नेता कार्यकर्ताको आलोचना खेप्नु परेको छ ।’

केही दिन अगाडि गोपल दहितलाई मन्त्री बन्नबाट रोक्ने प्रयास भएपछि उनले ‘म मन्त्री बन्न पाइन भने राजनीति नै छाड्छु’ भनेर धम्की दिएका थिए । गोपाल दहितलाई ‘राजाको मान्छो हो’ भन्ने आरोप पहिलादेखिनै लाग्दै आएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा गोपाल दहितले आफ्नो गृह जिल्ला बर्दियामा एकजना सदस्य पनि जिताउन सकेनन् । 

,

प्रतिकृया दिनुहोस्

Loading...