२ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक (सूचिसहित)

  • काठमाडौं ।
स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त नतिजाअनुसार हालसम्म एक उपमहानगरपालिका र २८ नगरपालिकासहित १ सय २५ स्थानीय तहमा जित हासिल गर्दै एमाले पहिलो स्थानमा छ भने ३६ वटा नगरपालिकासहित १ सय ८ स्थानीय तहमा प्रमुखसहित जित हासिल गर्दै नेपाली काँग्रेसले दोस्रो स्थानमा छ । 

नेकपा माओवादी केन्द्रले ८ नगरपालिकासहित ३६ स्थानीय तहमा जित हासिल गरेको छ । अन्य दलहरु संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले ६, ६ स्थानमा जित हासिल गर्दा राप्रपाले एक उपमहानगरपालिकासहित ३ तथा राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा प्रमुखसहित जित हासिल गरेको छ । स्वतन्त्र उम्मेदवारले भने दुई स्थानीय तहको प्रमुख जितेका छन् । 

हेर्नुहोस्, २ सय ८८ स्थानीय तहको नामावली

,

प्रतिकृया दिनुहोस्

Loading...