सिराहमा झाडापखाला नियन्त्रण बाहिर, १ को मृत्यु, २५ जना सिकिस्त


सिराहा ।

सिराहामा झाडापखालाको प्रकोप बढेको छ । 

विगत दुई सातादेखि जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला नियन्त्रणमा बाहिर जाँदा १ जनाको मृत्यु भएको छ भने २५ जना सिकिस्त बिरामी परेका छन् ।

जिल्ला जनस्वास्थय कार्यालय सिराहका अनुसार झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुरप्रध निवासी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको हो । गत साता मात्र सीतापुरप्रध–८ निवासी ७० वर्षीय मागेन यादवको मृत्यु भएको थियो ।

झाडापखालाबाट सिकिस्त भएका स्थानीय ३० वर्षीय मलुकी देवी, १० वर्षीया सन्तोषीकुमारी यादव, ३४ वर्षीया कुमारीदेवी तिवारी, ३६ वर्षीया घुस्कीदेवी सदाय, लखन यादव, किशोरी राय, ३५ वर्षीया पवित्री देवी दास, १५ वर्षीय मनोजकुमार दास, ३५ वर्षीय रुवीकुमारी यादव, १४ वर्षीया अमिरती कुमारी दासलगायत २५ जनाभन्दा बढी सिकिस्त बिरामीको चिकित्सकको निगरानीमा स्वास्थ्य चौकी सीतापुरमा उपचार भइरहेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...