काठमाडौं आउदै गरेको बस दाउन्नेमा दुर्घटना, २९ यात्रु घाइते, पाँचको अवस्था गम्भीर

  • नवलपरासी। 
नवलपरासीको दाउन्नेको उकालोमा बस दुर्घटना भएको छ । दुर्घटनाको यकिन बिबरण आउन नसके पनि २९ यात्रु घाइते भएका बताईएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान साढे २ बजे वर्दघाट नगरपालिका– ४ दाउन्नेको उकालोमा नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस उकालोमा तान्न नसकी सडकबाट अन्दाजी १५ मिटर तल खस्दा २९ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालकलाई दाउन्ने प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाबारे थप बिबरण आउन बाकि छ ।

तस्वीर : गुगल

, ,

प्रतिकृया दिनुहोस्

Loading...