कांग्रेस नेता चीनकाजी श्रेष्ठ गरे गम्भीर खुलासा - पञ्चायतभन्दा बढि यातना शेरबहादुर देउवाले दिए..


काठमाडौं । 

लामो समय कांग्रेसको कोइराला खेमामा भित्रिया बनेका चीनकाजी श्रेष्ठ पछिल्लो समय सभापति शेरबहादुृर देउवा खेमाका प्रिय पात्र बनेका थिए । 

तर चार दिनयता उनी निकै दुखि बनेका छन् । दुई साताअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस अनौपचारिक बैठकले श्रेष्ठलाई मन्त्री बनाउने टुंगो लगाएको थियो । सभापति तथा प्रधानमन्त्री देउवाले रक्षामन्त्रीको आश्वासन पनि दिए र सपथको तयारी गर्न आग्रह गरे ।

मन्त्री बन्ने पक्का भएपछि उनले परिवारजन र आफ्न्तलाई रक्षामन्त्री बन्ने भन्दै सुखद समाचार पनि सुनाए । परिवार, आफ्न्तजनले बधाई पनि दिए । बुधवार सपथको दिन थियो । उनी हतार हतार गरी दौरा सुरुवाल लगाउन लागिरहेका बेला प्रधानमन्त्रीको सचिवालयबाट टेलिफोन आयो ‘सरी यसपटक तपाईलाई मन्त्री बनाउन सकिएन अर्काे पटक बनाउँला ।’

त्यसपछि उनले निकै चिन्तित र हिनताबोध गरे । मन्त्रीकै लागि कोइराला क्याम्प छोडेर देउवालार्ई सघाउन पुगेका श्रेष्ठले पन्चायति शासनकाल सम्झिए । ‘पञ्चायतकाल भन्दा देउवाकालमा यातना बढि भयो’, उनले आफ्ना परिवारजनलाई भने । देउवाले रक्षामन्त्रीको आश्वासन दिएर सपथको तयारी गर्न भनेका श्रेष्ठको नाम मन्त्रीको सुचीबाट अन्तिममा हटाएका थिए ।

श्रेष्ठका ठाउँमा देउवाले महेन्द्र यादवलाई मन्त्री बनाए । प्रदेश नम्वर २ बाट सरकारमा प्रतिनिधित्व बनाउन उनले चीनकाजीलाई पाखा लगाएर महेन्द्र यादवलाई मन्त्री बनाए । पछिल्लो समय मन्त्रीकै आशमा कोइराला क्याम्प छोडेर देउवा क्याम्पमा जाने कांग्रेस नेताहरु जिल्लिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...