रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना, २ को मृत्यु, २ दर्जन घाइते

  • सल्यान । 
सल्यानमा बस दुर्घटना भएको छ । दाङबाट रूकुमका लागी छुटेको ना ४ ख ५७५४ नम्बरको यात्रुवाहक बस सल्यानको त्रिवेणी सल्लेखोलामा दुर्घटना भएको हो।

दाङको घोराहीबाट छुटेको बस सल्यान पुगेर दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ । मृत्यु भएकाको सनाखत हुन सकेको छैन । बसमा सवार २ दर्जन यात्रुहरु घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल सल्यान र कान्तिपुर हस्पिटल श्रीनगरमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई नेपालगञ्‍ज र दाङ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

तीव्र गतिका कारण बस दुर्घटना भएको घाईतेहरुले बताएका छन् ।

२०७४ असार २५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...