पेट्रोलियम पदार्थको मुल्य घटेको बेला किन बढाउन खोजिदैछ सवारीको भाडा ?

  • काठमडौं । 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपछि नेपालमा चालू महिनामा मात्र दुई पटक मुल्य घट्यो ।

तर सार्वजनिक सवारीको भाडादर भने घट्नुपर्नेमा उल्टो बढाउन लागिएको छ । यो हेर्दा सरकारी निकाय र बयवसायीको मिलेमतोमै भाडादर बृद्धि तयारी गरिएको हो ।

नेपाल आयल निगमले असार २ गते पेट्रोल डिजलमा डेढ रुपियाँको दरले घटाएको थियो भने असार १९ गते प्रतिलिटर दुई रुपियाँका दरले घटाएको थियो ।

तर यातायात ब्यवसायीहरु भने सार्वजनिक सवारीको भाडादर बृद्धि गर्ने दबावमा जुटेका छन् । भाडादर समायोजन नभएको चार वर्ष भएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडादर वृद्धि गर्न लागेको हो । 

आगामी भाडादर समायोजन गरिँदा यातायातको भाडादर स्वतः वृद्धि हुने महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए । 

भाडादर समायोजनको बहानामा यातायात व्यवस्था विभागले पनि भाडादर वृद्धि गर्न व्यवसायीहरूलाई अनौपचारिक ‘ग्रिन सिग्नल’ दिइसकेको छ ।

२०७४ असार २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...