चन्द्रागिरि हिल्स र यती एयरलाइन्सबीच सेवाग्राहीलाई छुट लिने दिने सम्झौता

  • काठमाडौँ । 

चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बिच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार यती एयरलाइन्समार्फत हवाइ यात्रा गर्ने यात्रुहरुले हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तै चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११ (एघार) देखि २० (बीस) प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको छ । यो छुट योजना २०७४ श्रावण १ गते देखि २०७५ असार मसान्तसम्म लागु हुनेछ ।

सम्झौता पत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रम शाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना केसीले हस्ताक्षर गरेका छन् ।

२०७४ साउन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...