चलचित्र विकासबोर्डद्वारा बक्स अफिस सफ्टवेर सार्वजनिक

  • काठमाडौ । 

नेपाली चलचित्रको विकास र हिसाबकिताब पारदर्शिताको लागी बक्स अफिसको माग हुदै आएकोमा अब नेपालमा बक्स अफिस लागू हुने भएको छ ।

यसका लागि चलचित्र विकासबोर्डले तयार पारेको बक्स अफिस सफ्ट वेयर सूचना तथा सञ्चार मन्त्रालयमा सरकारवाला बीच सोमबार सार्वजनिक गरिएको हो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको आतिथ्यमा चलचित्र विकाश वोर्ड आफैले तयार पारेको हो । उक्त सफ्ट वेयरमाथि सरोकारवालाहरुले आ–आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा बोल्दै चलचित्र निर्माता संघ नेपालको अध्यक्ष नवल खड्काले केहि चलचित्रकर्मीबिच तितामिठा संबाद चलेतापनि अाम चलचित्रकर्मीले चाँडोभन्दा चाँडो बक्स अफिस लागुहाेस् भन्ने चाहना राखेको भन्दै सबैको भावना अनुसार बक्स अफिस आएकोले यसलाई लागु गर्नुपर्ने बताए।

चलचित्र संघका अध्यक्ष प्रदीप उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, क्युएफएक्सका तर्फबाट नकिममुदिन, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, अशोकप्यासी राई लगायतले पनि उक्त सफ्ट वेयरमाथि टिप्पणी गरेका थिए । सबैको सुझाव संकलन पछि बक्स अफिस लागु गरिने चलचित्र विकासबोर्डका सदस्य उत्तम केसीले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...