एसएसपी साब नै पूर्व गृहमन्त्री निधिसँग ठमेल पुगेपछि प्रहरी हेडक्वाटरभित्र हंगामा !

  • काठमाडौँ ।
प्रहरीलेनै डिस्को, डान्सबार वा क्लबबाट असुली गर्छन् र घुमुवा लगाएर पैसा उठाउँछन् भन्ने चर्चा चलिरहेका बेला डीआइजीको बढुवा सिफारिसमा परेका छवि लाल बन्जाडे जोशी डिस्को उद्घाटनमा देखिएका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ट उपरीक्षक (एसएसपी) जोशी राजधानीको ठमेलस्थित ओजि लाउन्ज रेस्टुरेन्टको उद्घाटन गर्ने क्रममा पूर्व गृहमन्त्रीसँगै पुगेपछि यो विषयले प्रहरी हेडक्वाटरमा हङ्गामा मच्चाएको छ । 

पूर्व गृहमन्त्री आफ्नो कार्यकर्ताले संचालन गरेको बारमा पुगेपनि प्रहरी प्रमुखनै आफ्नो आचारसंहिता मिचेर र प्रहरीको छविलाइ समेत बदनाम गर्दै पूर्व गृहमन्त्रीको पछी लागि उक्त उद्घाटनमा गएको भन्दै हेडक्वाटरमा चर्चाको विषय बनेको छ । नेपालमै रहेर अन्य व्यवसाय समेत गर्दै आइरेका काठमाडौं निवासी दिनेश श्रेष्ठको पहलमा खुलेको यो रेष्टुरेन्टको उद्घाटनमा काठमाडौँ प्रहरी प्रमुख नै गएर प्रहरी संगठनको मर्यादानै मिचेको भन्दै हेडक्वाटरमा उनको चर्चा भएको हो । 
यसबारे हामीले काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रधुम्न कार्कीलाई सोधेका थियौं । उनले यसबारे आफुलाई थाहा नभएको बताएका छन् । 'मलाइ यसबारे थाहा छैन । एसएसपी साबलाईनै सोध्नुहोला। ' इमान्दार मिडियासँग कुराकानी गर्दै उनले भने ।

यता यसबारे हामीले मंगलबार बेलुकी एसएसपी जोशीलाई यसबारेमा सोध्न सम्पर्क गर्यौं । 'म उहाँहरुलाई हौसला दिन गएको हुँ । पूर्वउपप्रधानमन्त्रीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा सुरक्षाका हिसावले पनि म गएको हुँ ।' इमान्दार मिडियासँग कुराकानी गर्दै उनले भने । उनका अनुसार रात्री व्यवसायीहरुलाई परेको खण्डमा सहयोग गर्न समेत प्रयारी तयार छ । 'म त अझै कसैले बोलाएपनि जान्छु । त्यहाँ गएर राम्रोसँग बसियो । कुराकानी गरियो । केहि समस्या भए भन्नुहोला भनियो ।' उनले भने । 

'केहि समयअघि तपाईंले नै टकिला बारमा छिरेर थुप्रै मान्छे समाउनु भएको थियो । अहिले आफैं त्यस्ता बारमा जान मर्यादाले दिन्छ र ?' भन्ने ह्राम्रो प्रश्नमा उनले भने, 'रात्री व्यवसाय चलाउनै नहुने भन्ने हो र ? रक्सी धेरै नखानु, होहल्ला नगर्नु पो भनेको हो त !' १२ बजेपछी यस्ता बार, डिस्कोहरु बन्द गर्ने भन्ने सरकारको नीति भएको अवस्थामा एसएसपी नै त्यसरी जानुलाई फरक अर्थबाट हेरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...