विहार : चट्याङ लागेर २६ जनाको ज्यान गयो

  • असार ।
भारतको विहारमा चट्याङ लागेर २६ जनाको ज्यान गएको छ । बिहारका सरकारी अधिकारीका अनुसार झरीसँगै परेको चट्याङ लागेर आइतबार राति १० बजेसम्ममा २६ जनाको ज्यान गएको हो । 

चट्याङ लागेर ज्यान गुमाउनेमा बिहारको रोहतास जिल्लाका धेरै छन् । त्यहाँ चट्याङ लागेर पाँचजनाको ज्यान गएको छ । यस्तै पटनामा पनि चारजनाको ज्यान गएको छ । 

ज्यान गुमाएकाका परिवारलाई स्थानी प्रशासनले चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । बिहारमा आइतबार ठूलो पानी परेको भारतीय मौसम विभागले जनाएको छ भने सोमबार पनि त्यहाँ ठूलो वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ ।

२०७४ असार २६ मा प्रकाशित । 



,

प्रतिकृया दिनुहोस्

Loading...