वेष्ट इन्डिजले निकाल्यो शानदार जित, भारतको लज्जास्पद हार

  • काठमाडौं ।

भारतसँगको एकमात्र ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतको लज्जास्पद हार भएको छ । जमैकामा भएको खेलमा वेष्ट इन्डिजले भारतलाई ९ विकेटले हराएको हो । 

आइतबार राति सकिएको खेलमा भारतले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य वेष्ट इन्डिजले १८ दशमलव ३ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि एविन लुइसले मात्रै ६२ बलमा १२ छक्का र ६ चौकाको मद्दतमा नटआउट एक सय २५ रन बनाए । 

यस्तै मार्लोन स्यामुएल्सले ३६ तथा क्रिस गेलले १८ रनको योगदान दिए ।यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९० रन बनायो । उसका लागि दिनेश कार्तिकले ४८, कप्तान विराट कोहलीले ३९ तथा ऋशव पन्तले ३८ रन बनाए ।

२०७४ असार २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...