मैत्रीपूर्ण खेलमा चेल्सी र लिभरपुल विजयी

  • काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु हुनुअघिको भएको मैत्रीपूर्ण खेलमा चेल्सी र लिभरपुल विजयी भएका छन् ।

चीनको बेइजिङमा भएको मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई ३–० ले हराएको हो । यस्तै, हङकङमा भएको अर्को खेलमा लिभरपुलले लेसेष्टर सिटीलाई २–१ ले हराएको छ ।

प्रिमियर लिगको पहिलो खेल अगस्ट ११ तारिखमा हुनेछ । त्यो खेलअघि मैत्रीपूर्ण खेलका लागि इंग्लिस क्लबहरु विभिन्न देशमा पुगेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...