नायिका नम्रता श्रेष्ठले प्रेमीसँग रोमान्स गरेको अर्को भिडियो सार्वजनिक (भिडियोसहित)

  • काठमाडौं ।
नायिका नम्रता श्रेष्ठले बेलायतका मोडल पवन शर्मासँग रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ।

एउटी प्रेमीकाले आफूलाई माया गर्ने मान्छेबाट खोजिएको मायाको आशा ‘यस्तो माया गर मलाई दुनियाँलाई डाहा होस्, मैले जस्तै माया पाउने हरेकलाई चाह होस्’ भन्दै दुई प्रेमी मनलाई नजिक बनाएको कुरालाई भिडियोमा देखाइएको छ।

चर्चित गीतकार नृपेश उप्रेतीको प्रेमिल शब्दले भरिएको ‘यस्तो माया’ बोलको गीतमा देखिएको माहोलको यतिबेला संगीतीक बजारमा चर्चा सुरु भएको छ।

संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा युवा पुस्तामा रुचाइएका फिरोज बस्नेत र दुर्गा खरेलको आवाज रहेको छ। भिडियोलाई रंगपत्रकार सुब्रत आचार्यले निर्देशन गरेका हुन्।



,

प्रतिकृया दिनुहोस्

Loading...