प्रचण्डले खुलाए माओवादी केन्द्र हार्नुका १० कारण

  • काठमाडौं । 

आजबाट शुरु भएको पार्टी केन्द्रीय सचिवालय वैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो र दोस्रो चरणको चुनावमा माओवादी पराजय हुनुको कारण खुलाएका छन् । हारका लागि पार्टी नै जिम्मेवार भएको बताएका छन् । 

वैठकमा सहभागी एक जिल्ला इन्चार्जका अनुसार वैठकको शुरुमा प्रचण्डले भने

–आजबाट पार्टीभित्र रहेका सवै गुट विघटन गरौँ । होइन भने घोषित रुपमा चलाऔँ ।
–यो देशमा परिवर्तन हामीले गर्ने काम भयो । तर, पार्टीले गरेको काम संस्थागत गर्न सकिएन । चुनावमा यसको असर देखियो । 
–काँग्रेस–एमालेका अनुसार चुनाव लड्दा यस्तो अबस्था आयो । 
–हाम्रो तरिकाले चुनाव लड्न नसक्दा यस्तो भयो । 
–यो हारको कारण जनतामा होइन, पार्टीभित्र खोज्नुपर्छ ।
–जनताले यस्तो माओवादी खोजेको होइन । 
–जनताले खोजेजस्तो माओवादी हुन सकिएन ।
–हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ ।
–पराजयको ठूलो कारण यहीँ हो । 
–केन्द्रीय कमिटि पनि हाम्रो ठीक भएन ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सोमबारबाटै सुरु हुने पार्टीको सचिवालयको विसतारित बैठकमा सरकारमा पार्टीको सहभागिताका विषयमा पनि खुलेर छलफलमा भाग लिन पार्टीका नेताहरुलाई आग्रह गरेका थिए । 

केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारबाटै पार्टी सचिवालयको विस्तारित बैठक सुरु भैसकेको छ । उक्त बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी रणनीति तयार पार्न छलफल सुरु गरिने माओवादीले जनाएको छ । 

बैठकमा पार्टीका जिल्ला इन्चार्जहरुले स्थानीय तह निर्वाचनको रिर्पोटिङ गर्नेछन ।

,

प्रतिकृया दिनुहोस्

Loading...