प्रधानन्यायाधीशको पदभार ग्रहण गर्दै गोपालप्रसाद पराजुलीले यस्तो भने

  • काठमाडौं । 

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पदभार ग्रहण गरेका छन् । सोमबार विहान राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिए लगत्तै पराजुलीले पदभार समालेका हुन् ।

काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतको कार्यालयमा पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायपालिकालाई स्मार्ट बना‍उने बताएका छन् । उनले न्याय सम्पादन कार्यलाई प्रभावकारी र छिटो छरितो बनाउन भूमिका खेल्ने प्रतिवद्धता समेत जाहेर गरे ।

प्रधानन्यायाधीश पराजुलीले ३९ बुँदे कार्ययोजनाअनुसार अघि बढ्‍ने भन्दै असाहय र विपन्‍न वर्गको पहुँचसम्म न्यायालयलाई पुर्‍याउने बताए । उनले बार र बेञ्‍चबीच सहकार्य गर्दै अघि बढ्ने धारणा राखे ।

पराजुलीले अागामी वैशाख १५ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्ने छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...