नेकपा महासचिव विप्लवबारे गृहमन्त्री शर्माले दिए अर्को गैरजिम्मेवारपूर्ण अभिव्यक्ति...

  • काठमाडौं ।
गृहमन्त्री जनार्दन शर्माले नेपाल कम्युनिष्ट पार्टीको विषयमा अर्को गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका छन् । 

भर्खरै सम्पन्न स्थानीय चुनावमा 'विप्लव पनि चुनाव लड्दैछन्, त्यसैले उनलाई बहिस्कार गर्ने नैतिकता छैन' भन्दै नेपालगंज पुगेर भाषण झारेका गृहमन्त्री शर्माले नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको बताएका छन् । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार गरिएका आफ्न नेता–कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिरहेका बेला गृहमन्त्री शर्माको यस्तो भनाई आएको हो ।

नेकपाका केन्द्रीय नेता सन्देश पौडेललाई गत बैसाख तेस्रो साता महोत्तरीको बर्दिबासबाट गिरफ्तार गरेर प्रहरीले हिरासतमा राखेको छ । उनीसहित देशभरबाट दर्जनौं नेता नेता-कार्यकर्ता गिरफ्तार छन् ।

गृहमन्त्री शर्माले स्थानीय तहको चुनावको क्रममा चुनाव विरोधी गतिविधि गर्ने केही व्यक्ति पक्राउ परेको भएपनि अहिले उनीहरु सवै रिहा भएको बताएका छन् । ‘चुनाव सफल पार्न चुनाव विरोधी गतिविधि गर्नेहरु केही पक्राउ परेका थिए । ती नेकपाका नेता–कार्यकर्ता मात्र थिएनन् ।’ शर्माले भने, ‘चुनाव सकिएलगत्तै उनीहरु सवै रिहा भएका छन् । रिहाईको माग राखेर बन्द आव्हान गर्नुको कुनै अर्थ छैन ।’

प्रचण्डसरकारका उर्जामन्त्री बनेर चर्चामा आएका शर्माले देउवा सरकारको गृहमन्त्री बनेपछि कम्युनिष्ट पार्टीमाथि धरपकड बढाएको छ । नेकपाले आफ्ना नेता–कार्यकर्ताको रिहाईको माग गर्दै आज बन्द आव्हान गरेको छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई भकाभक गिरफ्तार गरेर 'हामीले कसैलाई पक्रेकै छनौं' भन्नु गृहमन्त्रीको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति हो ।

यसअघि गृहमन्त्री शर्माले विप्लवबारे यस्तो भनेका थिए, यो पनि पढ्नुहोस् 

,

प्रतिकृया दिनुहोस्

Loading...