यी हुन मध्यरातमा जेठी श्रीमतीको टाउको छिनालेर प्रहरीलाई बुझाउने २ श्रीमतीका श्रीमान

  • काठमाडौं ।
बाँकेमा श्रीमानद्वारा श्रीमतीको गला रेटी हत्या भएको छ । एक श्रीमानले आफ्नै श्रीमतीको गला रेटी बीभत्स हत्या गरेका छन् । 

कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी टाउको छुट्टाएर हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

सोमवार राती करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा गएका थिए । घटनास्थल पुग्दा मृतकको शरीर र पाँच÷छ महिनाकी छोरी भेटिइन् । छोरीको प्रहरीले तत्कालै उद्धार गर्यो । 

श्रीमतीको हत्या गर्ने अभियुक्तका दुईवटा श्रीमती रहेको प्रहरीले जनाएको छ । निजकी कान्छी श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

मृतक जेठी श्रीमती रहेकी र उनका तीनवटा छोराछोरीसमेत रहेका छन् । श्रीमतीको हत्या गर्नेउपर कडा कारबाहीको माग गर्दै बेलपुरका स्थानीयबासीले गएराति इप्रका कोहलपुर घेराउ गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उता दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको रुकुममा हत्या भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ । 

हत्याको आरोपमा प्रहरीले उनकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी भएकी थिइन् । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका छन् । 

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिएका छन् । अनुसन्धानका लागि तेजबहादुरलाई जिल्लामा ल्याइँदै छ भने बयानसरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा पु¥याएको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...