नेपाल बन्दको पूर्वसन्ध्यामा कम्युनिष्ट पार्टीका २ कार्यकर्ता काठमाडौंबाट गिरफ्तार

  • काठमाडौं ।
नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीका २ कार्यकर्ता गिरफ्तार परेका छन् ।

प्रहरीले नेकपाका अबिन पाठक र जीवन बिसिलाई सोमबार साझ बालाजु चोकबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ । आफ्ना कार्यकर्तालाई बिना कारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न नेकपाले माग गरेको छ ।

स्थानीय चुनाव खारेजी अभियान चलाएको नेकपामाथि प्रशासनले चुनाव अगाडिबाट नै धरपकड सुरु गरेको थियो । चुनाव सकिसक्दा पनि पछिल्लो समय प्रहरीले रातदिन कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ । पक्राउ परेका दुवै जनालाई बालाजु प्रहरी चौकीमा राखिएको छ । 

खारेजी अभियानका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई हिरासतमा राखिएको भन्दै कम्युनिष्ट पार्टीले (भोली) २७ गते नेपाल बन्द आव्हान गरेको छ ।

२०७४ असार २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...