मंगलबार कम्युनिष्टद्वारा नेपाल बन्द आह्वान, ५ कारणसहित

  • काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीले असार २७ गते मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।

पार्टीले पहिलो चरणको स्थानीय तह निर्वाचन अघि नै प्रहरीले गिरप्तार गरी हिरासदमा राखेका आफ्ना नेता कार्यकर्तालाई हालसम्म पनि रिहा नगरेको भन्दै २७ गते नेपाल बन्दको आह्वान गरेको हो।

कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरु सन्देश पौडेल र सन्तकुमार लिम्बु ३ महिना अगाडिदेखि नै प्रहरीको हिरासदमा छन्। 

त्यस्तै प्रहरीले निर्वाचन बिरोधी गतिबिधी गरेको भन्दै कम्युनिष्ट पार्टीका सयौ नेता कार्यकर्ताहरुलाई देशका विभिन्न जिल्लाबाट गिरप्तार गरी हिरासदमा राखेको छ । 

सरकारले आफ्ना नेता कार्यकर्ताहरुलाई झुटा मुद्दा लगाएर फसाउने षड्यन्त्र गरेकोले आफ्नो पार्टीले नेपाल बन्द जस्तो अप्रिय निर्णय गर्न बाध्य भएको पार्टीका प्रबक्ता खडक बहादुर बिस्वकर्माले इमान्दार मिडियालाई बताए ।

कम्युनिष्ट पार्टीले असार २७ गतेको बन्दमा प्रहरीको भ्यान एम्बुलेन्स शब बहान पानी दुध दमकल लगायत अत्यावश्यक सवारीसाधनलाई भने निर्वाधरुपमा चल्न दिने बताएको छ।

कम्युनिष्ट पार्टीले नेपाल बन्दमा शिक्षणसंस्था कलकारखाना उद्योग धन्दा बजार यातायात भने ठप्प पार्ने बताएको छ। बन्द सफल बनाउन पार्टीले सबैमा अपिल पनि गरेको छ ।

कम्युनिष्ट पार्टीले नेपाल बन्द गर्नुपर्ने यी ५ कारण देखाएको छ

१. राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई मााथि उठाउन ।

२. नेता कार्यकर्तामाथि लगाइएका झुटा मुद्दा खारेज गर्न ।

३. बिनाकारण प्रहरी धरपकड र हस्तक्षेपको विरोध गर्न ।

४. सरकारले नेता कार्यकर्ताहरुलाई विनाकारण पक्राउ गरी बन्दी बनाइएको विरोधमा ।

५. केन्द्रीय सदस्यद्वय सन्देश पौडेल र सन्तकुमार लिम्बुलगायतका बन्दीको तत्काल विनाशर्त रिहाईको लागि ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...