आफुले कब्जा गरेको जग्गा बिक्रीवितरण नगर्न साझेदारहरुलाई कम्युनिष्ट पार्टीको चेतावनी

  • चितवन । 

नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीले कब्जा गरेको घरजग्गा बिक्रीवितरण गर्न रोक लगाएको घोषणा गरेको छ ।

सुकुम्बासी र भूकम्पपीडितलाई थप यातना दिने उद्देश्यले उठीवास गराएको भन्दै चितवनमा १० बिगाह जमीन बेचबिखन गर्न नपाइने घोषणा गरेको छ ।

मंगलबार भरतपुर महानगरपालिका–५ कैलाश नगरस्थित अजय शाह, विजय शाह र शारदा शाहको संयुक्त नाममा रहेको जग्गा पार्टीले कब्जामा रहेको र सो जग्गा बेचबिखन गर्न नेकपाले रोक लगाएको हो । उक्त जग्गा सट्टापट्टा गर्न समेत नदिने नेपाल कम्युनिस्ट पार्टी इलाका नम्बर छ चितवनले जनाएको छ ।

उक्त जग्गा विगत जनयुद्धकालमा जनसत्ताले कब्जा गरेको र त्यहाँ सुकुम्वासी र भूकम्पपीडित बसोबास गर्दै आइरहेको जग्गाबाट उनीहरुलाई बिचल्ली बनाउने उद्देश्यले बिक्री गर्न लागेको भन्दै सो जग्गा पार्टीकाे अनुमतिबिना खरिदबिक्री नगर्न जग्गाका साझेदारहरुलाई चेतावनी दिइएको छ ।

भूमाफिया शाहहरुले केही समयदेखि प्रशासनको बल प्रयोग गरी भूकम्पपीडित र सुकुम्बासीलाई जबर्जस्त हटाएर अन्याय गरेको भन्दै नेकपा र स्थानीयले विरोध गर्दै आइरहेका छन् । द्वन्द्वकालीन कब्जा घर जग्गालाई पार्टी नीति अनुसार नै व्यक्ति वा कम्पनीलाई बिक्रीवितरण तथा सट्टापट्टा गर्न रोक लगाएको नेकपा चितवन इन्चार्ज लालबहादुर बीसीले अनलाइन डबलीलाई बताए ।

साथै पार्टीको अनुमति बेगर कब्जा जग्गा बेचविखन पाउँदैनन्’ ईन्चार्ज बीसीले बताए । अनुमतिबेगर बिक्रीवितरण गरिए त्यसबाट उत्पन्न परिणाम राम्रो नहुने चेतावनी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...