अरुलाई बचाउन आफ्नो ज्यानको बाजी लगाउने प्रहरी जवानको सम्मानकासाथ अन्त्यष्टि गरिदै

  • पर्वत । 

पोखराको हर्पन खोलामा डुवेर वेपत्ता भएकालई खोजी गर्न जाँदा आफै डुवेर ज्यान गुमाएका प्रहरी जवान बलबहादुर कुँवरको आज बुधबार अन्तिम संस्कार गरिने भएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका १२ साविकको ठुलीपोखरी– ७ का कुँवरको आज मोदीवेणी घाटमा अन्तिम संस्कार गरिने भएको हो ।

उनको हिजो नै पोष्टमार्टमसहित जिल्ला अस्पताल पर्वतको शब गृहमा राखिएको थियो । आज प्रहरीले अन्तिम सलामी अर्पण गर्ने कार्यक्रम रहेको र गाउँबाट आफन्तजनहरु आइसकेपछि सलामी अर्पण गरेर अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रहरी निरिक्षक मधुकरजंग विष्टले  इमान्दारलाई जानकारी दिए । 

२५ वर्षिय कुँवरको मृत्युले उनको परिवारका साथै सिंगो ठुलीपोखरी शोकमग्न बनेको छ

,

प्रतिकृया दिनुहोस्

Loading...