मन्त्रीका आकांक्षी धेरै भएपछि काँग्रेसभित्र यस्तो लफडा, पौडेल समूहले ४ मन्त्रालयमै चित्त बुझाउनु पर्ने

  • काठमाडौं। 
मन्त्रीका आकांक्षी धेरै भएपछि सरकारको नेतृत्वकर्ता दल नेपाल काँग्रेसभित्र लफडा भएको छ । सोहि लफडाका कारण मंगलबार हुने भनिएको मन्त्रीमण्डल बिस्तार बुधबारका लागि सरेको छ ।

मंगलबार अबेरसम्म रस्साकस्सी गर्दा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ४ वटा मन्त्रीमै चित्त बुझाउनु परेको छ । पौडेल समूहले ४ मन्त्रालय पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल बिस्तारको ढोका खुलेको छ ।

पौडेल समूहले प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै मन्त्री बनाउने निर्णय गरेको छ । त्यसका लागि ४ जनाको नामसमेत टुंगो लगाएको बताइएको छ ।

पौडेल समूहबाट मन्त्री हुनेहरुमा सञ्जय गौतम-बर्दिया , राजन केसी- काठमान्डौ, रामकृष्ण यादव-धनुषा र यज्ञबहादुर थापा- कास्की रहेका छन ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...