विश्वकप छनौटमा नेपालको लगातार दोस्रो जितः मलेसिया ५ विकेटले पराजित
- काठमाडौं ।
उत्कृष्ट बलिङसँगै नेपालले यू– १९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्यो ।
र, यो लक्ष्य भेट्टाउन पनि नेपालले ९.५ ओभरमा ५ विकेट गुमायो । नेपालको पहिलो विकेट सस्तैमा गुमाएको थियो । टिमको स्कोर मात्र ८ रन हुँदा ओपनर सन्दिप सुनार मात्र ६ रनमा आउट भए । पहिलो खेलमा पनि सन्दिप चलेका थिएनन् ।
आदिल खान पनि ५ रनमै आउट भए । आसिफ शेखले भने आक्रामक पारी खेल्ने प्रयास गरे । उनले २० बलमा ५ चौकाको मदतमा २३ रन बनाए । भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी भने फेरि सस्तैमा आउट भए । उनले मात्र ४ रन जोडे ।
अनिल साह शून्यमै आउट भए । प्रिनित थापामगर अविजित १९ र रोहित कुमार ४ रनमा अविजित रहे ।
यसअघि मलेसियाको सुुरुवात खराब रहृयो । पहिलो ओभरको पाँचौं बलमा नै किशोर महतोले पहिलो विकेट लिँदा मलेसियाले खाता समेत खोल्न सकेको थिएन ।
सैफुला मलिक र वीरदीप सिंहले दोस्रो विकेटका लागि २१ रनको साझेदारी गर्दै पारी सम्हाल्न खोजे । तर, १२ औं ओभरको चौथो बलमा नेपाली टोलीका कप्तान समेत रहेका सन्दिप लामिछानेले मलिकलाई व्यक्तिगत ८ रनमा आउट गराए ।
त्यसपछि पवन सरार्फले लगातार २ विकेट लिए भने सन्दिपले दोस्रो विकेट लिँदा मलेसियाले १३।५ ओभरमा मात्र २६ रन जोडेर महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।
२०७४ साउन ३ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...