दार्जिलिङमा गोर्खाल्याण्‍ड माग गर्दै आएका आन्दोलनकारीद्वारा प्रहरी चौकी कब्जा, एक घाइते (भिडियोसहित)


झापा । 

गोर्खाल्याण्‍डको माग राखि दार्जिलिङमा जारी अान्दोलन झन् झन् सशक्त बन्दै गएको छ ।

पश्चिम बंगाल सरकारले दार्जिलिङमा नाकाबन्दीका साथै अघोषित संकटकालको प्रभाव नगरी अान्दोलन झनझन् अाक्रामक हुँदै गएको छ ।

इन्टरनेट सेवा बन्द भएकाले त्यहाँ के भइरहेको भन्‍ने समयमै जानकारी पाउन भने निकै गारो भएको छ ।

अान्दोलनकारीहरुले शनिबार सुकनाम प्रहरी चौकी तोडफोड गरेका छन् । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर एक अान्दोलनकारी घाइते भएका छन् । अान्दोलनकारीले सडकमा जाम गर्नुको साथै ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

हेर्नुहोस् भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...