नायिका वर्षा राउतका प्रेमीसँग हास्य कलाकार दीपाश्रीले गरिन् विहे


काठमाडौं । 

हाँस्य कलाकार तथा नायीका दिपाश्री निरौलाले विवाह गरेकी छन् ।

राम्रो कमाइ गरेको चलचित्र ‘छक्का पञ्‍जा’ की निर्देशक समेत रहेकी निरौलाले मंगलबार नायक संजोग कोइरालासँग विवाह गरेकी छन् ।दुलहीको पहिरनमा देखिएकी छन् । उनसँग दुलाहा पनि सँगै थिए ।

काठमाडौं बत्तीसपुतलीस्थित राम मन्दिरमा उनीहरुबीच विवाह भएको हो । तर, यो विवाह रियल लाइफमा नभएर तीज गीतको भिडियोको भएको हो ।

रोचक कुरा के छ भने संजोग कोइराला छक्का पञ्जाकी नायिका बर्षा राउतका प्रेमी हुन् । उनै वर्षाका प्रेमी संजोगसँग रिल (गीतको भिडियो)का लागि दीपाले नक्कली विवाह गरेकी हुन् । यो दृश्य शोभा थापाको ‘बहिनीको भिनाजु’ बोलको तीज गीतको हो ।

उमेर ४० कटिसकेकी दीपाश्री हालसम्म अविवाहित छिन् । उनका सहकर्मी दीपकराज गिरीको भने छोराले समेत विहे गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Loading...