सहरी विकासमन्त्री प्रभु साहले खोले देउवा सरकारको यस्तो पोल...

  • काठमाडौं ।

सहरी विकासमन्त्री प्रभु साहले जनताको आशा र विश्वासलाई निराश हुन नदिने गरी सवैले गर्वगर्ने अवधारणा ल्याउने गरी काम गर्ने बताएका छन् ।

रौतहटको गौरमा शनिबार नेपाल पत्रकार महासंघ, रौतहट शाखाले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री साहले देशको सहरी विकासका लागि आफूले जनचाहनाबमोजिम काम गर्ने बताए ।

सरकारको पहिलो दायित्व भनेको संविधान संशोधनपश्चात कार्यान्वयन गराउनु, निर्वाचनको प्रक्रियालाई अगाडि बढाउनु नै भएको हुँदा देउवा नेतृत्वको सरकारले प्रक्रिया गम्भीरताका साथ अघि बढाइरहेको मन्त्री साहको भनाइ थियो ।

मुलुकलाई द्वन्द्वबाट जोगाउन सबै सहमतिमा आउनै पर्ने जिकिर गर्दै मन्त्री साहले सहमतिमा आउनका लागि सबै दल पार्टीगत स्वार्थलाई त्यागेर देश हितमा लाग्नुपर्ने बताए ।

समृद्ध एवम् विकसित नेपाल बनाउन झिनामसिना कुरालाई सच्याएर नेपाली नेपालीबीच एकता कायम गराउँदै मुलुकलाई विकासको अग्रपङ्क्तिमा उभ्याउन निकै चुनौती रहेपनि सबैको सहयोग भएमा कुनैपनि कार्य असम्भव नरहेको उनको भनाइ थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...