पुनर्वासमा तनाब, मतगणनास्थलमै ६ राउण्ड गोली चल्यो, ५ घाइते

  • भीमदत्तनगर । 

मतपरिणामको विषयलाई लिएर तनाव उत्पन्न हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रहरी र असन्तुष्ट पक्षबीच झडप भइरहेको छ । झडपमा प्रहरी र केही आन्दोलनरत पक्ष घाइते भएका छन् । 

पुनर्वास नगरपालिका–१ मा फर्जी मत भेटिएको भन्दै नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले असन्तुष्टि जनाएपछि मतगणना स्थगित भएको छ । 

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले वडा नं १ को मतपरिणामका विषयमा असन्तुष्टि जनाउँदै मतगणनास्थलमा नाराजुलुस गर्दै आइरहेका थिए । 

सोही क्रममा प्रहरी र आन्दोलनरत पक्षबीच झडप हुँदा नेपाल प्रहरी र म्यादी प्रहरी गरी पाँचजना घाइते भएका छन् । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी सहायक निरीक्षक देवबहादुर थलाल घाइते भएका छन् । 

प्रहरीले स्थिति तनावपूर्ण बनेपछि शनिबार बेलुकी केही राउन्ड हवाईफायर र छ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । वडा नं १ को वडाध्यक्षमा एमालेका प्रतापबहादुर चन्द प्यानलसहित निर्वाचित भएका थिए । 

असन्तुष्ट पक्षले खसेको मतभन्दा ११३ मत बढी भेटिएको दाबी गरेका छन् । पुनर्वास नगरपालिकामा कुल १९ हजार ९८८ मत खसेको थियो जसमा ५० प्रतिशत मत गणना भइसकेको छ ।

२०७४ असार १८ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...