धरान उपमहानगर: मतगणनाको योगफलमा गणकले गम्भीर त्रुटि गरेको तथ्य भेटिएपछि

  • इटहरी ।
धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । 

मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९ बजेबाट अवरुद्ध भएको मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन् । 

धरान–९ को मतगणना चलिरहँदा मत गणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आरोप लागेपछि मतगणना कार्य अवरुद्ध बन्न पुगेको थियो । मतगणना सुचारु गर्ने विषयलाई लिएर मङ्गलबार दिनभरि धरानमा पटक पटक बैठक बसे पनि राजनीतिक दलबीच सहमति कायम हुन सकेन् । 

मतगणना सुचारु गर्ने बिषयमा आज पनि बैठक बोलाइएको छ । सहमति भयो भने दिउँसोबाट मतगणना कार्य अगाडि बढ्न सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

इटहरी उपमहानगरपालिको पछिल्लो मतगणनाको नतिजाअनुसार प्रमुख पदमा एमालेका द्वारिकलाल चौधरीले १३ हजार ९९८ र उपप्रमुखमा सोहि पार्टीका लक्ष्मी गौतमले १२ हजार ९८६ मत प्राप्त गरी अग्रता लिएको छ । प्रमुखमा काँग्रेसका रोहित प्रसाईंले १२ हजार ६१७ र उपप्रमुखमा बिकला ढकालले ११ हजार ६५९ मत ल्याएर पन्छाइरहेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...