महिलाहरुले सार्वजनिक स्थलमै यसरी गरे बलात्कारीको रामधुलाई

  • काठमाडौं । 

महिलाहरुले सार्वजनिक स्थलमै बलात्कारीलाई सजाय दिएको भिडियो भाइरल भएको छ । उक्त भिडियोमा बलात्कारीलाई महिलाले हातखुट्टा बाँधेर मरणासन्न हुने गरी पिटेर सजाय दिइरहेका छन् । यो भारतको घटना हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार भिडियोमा तीन महिलाले एक पुरुषलाई हातखुट्टा बाँधेर लडाउँदै लाठीले कुटेको दृष्य छ । तीन महिलाले लगातार लाठी प्रहार गर्दा ती पुरुष अर्धचेत अवस्थामा पुगेको देखिन्छ ।

डोरीले तानेर घिसार्दै कुट्दै गरेको दृष्य हेर्न दर्जनौं स्थानी भेला भएका देखिन्छन् । भिडियोको अन्त्यमा प्रहरी अधिकारीले स्थानीयलाई अपिल गरेको देखिन्छ ।

भिडियोमा महिलाले आरोपी पुरुषको खुट्टामा र गुप्तांगमा बढी प्रहार गरेका छन् । एक महिलाको हातमा शिशुसमेत देखिन्छ भने एउटा हातले निकै आक्रोसपूर्वक उनले ती पुरुषलाई लौरो प्रहार गरेको देखिन्छ ।

भारतमा बलात्कार ठूलो समस्याका रुपमा देखिएको छ । सन् २०१५ मा मात्र भारतमा ३४ हजार बलात्कारका घटना भएको तथ्यांक छ । भिडियो कुन स्थान र मितिको हो भन्ने प्रष्ट नभए पनि भारतकै एउटा गाउँको रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...