घुससहित सेकुवा कर्नरबाट पक्राउ परे मालपोतका ४ हाकिम

  • भक्तपुर । 
घुस रकम लिँदालिँदै मालपोतका ४ जना हाकिम एकै पटक पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार ५० हजार घुस लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल हुन्।

बागेश्वरीका एक सेवाग्राहीले आफ्नै तीन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानका लागि बाटो राखी प्लट मिलान गर्नका लागि सबै प्रक्रिया पु-याई निवेदन दिएकामा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्राहीले आयोगमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आयोगको टोलीले कर्मचारीलाई ‘घुस रकम’सहित मध्यपुरथिमि–३ कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट शुक्रबार साँझ ७ बजे पक्राउ गरेको हो ।

अधिकृत श्रेष्ठले सेवाग्राहीबाट ५० हजार लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको र त्यसलगत्तै उनीहरुलाई आयोग टोलीले नियन्त्रणमा लिएको हो । 

२०७४ साउन ७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...