युवती कुट्ने ५ विरुद्ध ज्यान मार्ने मुद्दा, प्रहरी इन्सपेक्टरमाथि पनि कारवाही

  • भैरहवा। 
अन्तरजातिय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने रुपन्देहीका ५ जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको छ ।

घटनामा संलग्न युवतीका बुवा इन्नर यादवसहित ५ जनाविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि परिवारका साथै आफन्त र गाउँलेले मिलेर निर्घात कुटपिट गरेको भिडियो र प्रेम गर्ने (पीडित) युवकसँग उल्टै एक लाख रुपैयाँ जरिवाना लिएको खबर बाहिरिएपछि रुपन्देही प्रहरीले घटनाको छानविन गर्दै कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र धानुकले दिएको जानकारी अनुसार ज्यान मुद्दा लागेका ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी हाल प्रहरी हिरासतमा छन् । 

यस्तै मर्चवारका प्रहरी प्रमुख इन्सपेक्टरमाथि पनि विभागीय कारवाही गरिएको छ । घटनामा संलग्नहरुलाई उन्मुक्ति दिएको र घटनाबारे जिल्लामा जानकारी नगराई स्वच्छाचारी ढंगबाट चलेको अभियोगमा इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख इन्सपेक्टर उदयसिंह सिंजापतिमाथि विभागीय कारवाही गरिएको हो

२०७४ साउन ७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...