गोर्खाल्यान्ड आन्दोलनलाई जोडेर भारतबाटै आयो यस्तो खबर !

  • काठमाडौं ।

दार्जीलिङमा गोर्खाल्यान्डको तनाव बढ्दै जाँदा नेपाल र भुटानलाई थप पर्यटक भित्र्याउने मौका प्राप्त भएको छ । बंगालीहरूको पूजा आउनुभन्दा अढाई महिनाअघि दार्जीलिङमा तनाव चलिरहँदा नेपाल पर्यटन बोर्ड र भुटान पर्यटन परिषद्ले बंगाली यात्रीहरूलाई आफूकहाँ ल्याउनका लागि भरमग्दुर कोशिश गरिरहेका छन् ।

उत्तरपूर्वी राज्यहरू विशेषगरी असम, मेघालय र अरुणाचल प्रदेशले पनि ठूलो संख्यामा बंगाली पर्यटक आकर्षित गरिरहेका छन् ।

‘आफ्नो योजना बदल्नका लागि बाध्य पर्यटकहरूलाई आकर्षित गर्न हामीले थप प्रयास गर्नु कुनै आपत्तिजनक कुरा होइन । पर्यटन उद्योगमा जहाँ पनि यस्तो हुन्छ । एकजनाको घाटा अर्काको लाभ हो । २०७२ को भूकम्पपछि नेपालले पर्यटकहरू गुमाउनुपरेको थियो । त्यतिखेर पर्यटकहरू अन्तै गएका हुनुपर्छ । कश्मीरमा पनि हिंसाका कारण पर्यटकहरू जाँदैनन् र त्यसको फाइदा हिमाचल प्रदेश र उत्तराखण्डले उठाएका छन् । हामीलाई यसपाली काठमाडौं–पोखरा–जोमसोम अनि काठमाडौं–पोखरा–चितवन घुम्न जाने विषयमा धेरै सोधीखोजी आएका छन् । हामीहरू पनि सकेसम्म राम्रो डील दिइरहेका छौं ।’

ठीकठीकै पैसा खर्च गर्ने पर्यटकका लागि पर्यटन संस्थाहरूले सडकमार्गबाट माल, हासिमारा, जयगाँव र फुएनत्सोलिङ हुँदै पारो र थिम्पु जाने क्रम बढाउने सम्भावनाको खोजी पनि पर्यटन संस्थाहरूले गरिरहेका छन् । द टाइम्स अफ इन्डिया

,

प्रतिकृया दिनुहोस्

Loading...