दाङमा ७ सय २४ उम्मेदवारको जमानत जफत

  • दाङ । 
यही असार १४ गते भएको स्थानीय तहको चुनावमा मनोनयन दर्ता गराएका यहाँका दुई हजार ३८२ उम्मेदवारमध्ये ७२४ जनाको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सो निर्वाचनमा प्रमुख तीन दलका उम्मेदवारमध्ये प्रायले जमानत जोगाएका छन् ।सहभागी उम्मेदवारमध्ये एक हजार १३८ जनाले जमानत जोगाएका र ५२० जना विजयी भएका थिए ।

उम्मेदवारले जमानत जोगाउन मत सङ्ख्याको करिब १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर ७२४ उम्मेदवारको मत सङ्ख्या हेर्दा केहीले भने एक मत पनि पाएनन । दाङका १० वटा स्थानीय तहमध्ये घोराही उप–महानगरपालिकामा मात्र १५६ उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृत विजय कार्कीले जानकारी दिनुभयो । 

तीमध्ये प्रमुख पदमा उम्मेदवारी दिएका १० जना, उपप्रमुखमा उम्मेदवारी दिएका नौ जना, वडा अध्यक्ष ४१ जना तथा ९६ जना सदस्यको जमानत जफत भएको छ ।

२०७४ असार २८ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...