प्रचण्डका इन्चार्ज भण्डारीले दिए माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका धनकुटा जिल्ला इन्चार्ज हेमराज भण्डारीले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

स्थानीय तह दोश्रो चरणको निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी लिँदै भण्डारीले आइतबार पदबाट राजीनामा दिएका हुन् । 

लिखित राजीनामा सोमबार बुझाउने भन्दै भण्डारीले माओवादी केन्द्रका प्रदेश नम्बर–१ का इन्चार्ज गोपाल किरातीलाई मौखिक रुपमा राजीनामा दिएकोबारे जानकारी गराएका छन् ।

‘केही स्थानमा जितिन्छ भन्ने लागेको थियो, जित्न सकिएन’, उनले भने, ‘अब पद बोकेर होइन, पद नकोबी जनतामा जान्छु । पार्टी बनाउँछु ।’ उनले राजीनामाको बोदार्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत पठाउने जानकारी दिए ।

 जिल्ला इन्चार्जबाट राजीनामा दिए पनि आफू पार्टी काममा भने सक्रिय रहिरहने उनले स्पष्ट गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...