भारत गएर नेपालका लागि यस्तो काम गर्दैछन् उपप्रधानमन्त्री महरा

  • काठमाडौं ।

भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नयाँ दिल्लीस्थित नेपालका लागि गैर आवासीय राजदूतसँग छलफल गरेका छन् ।

दिल्लीस्थित नेपाली राजदूतावासमा गरेको छलफलमा उनले विश्वभरका मित्र राष्ट्रसँगको सम्बन्धलाई उच्च महत्व दिनुका साथै आपसी सहयोग तथा सहकार्यलाई केन्द्रमा राख्नु पर्ने बताए ।

पछिल्ला वर्षमा नेपालमा भइरहेको ऐतिहासिक परिवर्तनका विषयमा मित्रराष्ट्रलाई चासो भएको भन्दै उनले संविधानसभाले बनाएको संविधान कार्यान्वयनमा आएसँगै नेपालमा शान्ति र प्रजातन्त्रको नयाँ युग सुरु भएको उल्लेख गरे ।

आफ्ना सबै मित्रराष्ट्रका राजदूतसँग संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा दरिलो उम्मेदवारी रहेको भन्दै उनले सन् २०१७ को अन्त्यतिर हुने निर्वाचनमा समर्थन गर्न आग्रह गरे ।

मुलुक सकारात्मक विकासको बाटोमा रहेको भन्दै उहाँले राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया तथा मानव अधिकारका क्षेत्रमा हासिल गरेको उपलब्धिका विषयमा नेपालले अन्तर्राष्टिय समुदायसँग अनुभव बाँड्न चाहेको बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...