भारतीय प्रहरीद्वारा नेपाल घुसेर नेपाली युवा गिरफ्तार, नेपाल प्रहरीको पनि 'मिलेमतो'

  • काठमाडौं ।

भारतीय प्रहरी नेपालबाट एक युवकलाई पक्राउ गरि भारतको रक्सौल लगेको छ। मगंलबार साँझ पर्सा जिल्लाको सिमावर्ती गाउँ पर्सौनी भाठाबाट भाष्कर पान्डेलाई भारतीय प्रहरीले पक्राउ गरको छ।

सीमावर्ती बजार रक्सौल तथा भेलाही थानाबाट आएको प्रहरीले पर्सौनीभाठास्थित घरमै बसिरहेको बेला नेपाल प्रहरीको मिलेमतोमा लगेको उनका आफन्तजनले बताएका छन्। भारतीय शहर रक्सौलको लक्ष्मीपुरस्थित कैम्ब्रिज पब्लिक स्कूलमा दुई साता अगाडि अपराधिले एके ४७ बाट गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा पान्डेलाई भारतीय प्रहरीले पक्राउ गरेको जनाइएको छ।

स्कुल व्यवस्थापनले अपराधी समूहलाई पैसा नदिएकोले ३ जुलाइको दिन मोटरसाइकलमा आएका दुई जना अपराधीले विद्यालय परिसरमा गरेको गोली प्रहारबाट ३ जना घाइते भएका थिए। बब्लु पान्डे अपराधी समूहसँग भाष्कर पान्डेको सम्बन्ध रहेको र त्यही ग्रुपले यो घटना गराएको भारतीय प्रहरीको बुझाइ छ।

पसौनी भाठा बार्ड नम्बर ८ निवासी मनोज पान्डेका छोरा भाष्कर पान्डेलाई प्रहरीले पक्राउ गरि रक्सौल थानामा लगेको स्थानीयहरुले बताएका छन्। घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिप गिरीले अनबिज्ञ रहेको बताएका छन्। ‘मैल पनि पान्डेलाई पक्राउ गरेको सुनेको छु, घटना बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने।

नेपाली प्रहरीको सहयोगमा भारतीय प्रहरीले पान्डेलाई घरबाट पक्राउ गरि लगेको स्थानीयको आरोप छ।

तस्वीर गुगलबाट

, ,

प्रतिकृया दिनुहोस्

Loading...