दरवार हत्याकाण्डको लाईभ भिडियो (डकुमेन्ट्री) सार्वजनिक (भिडीयोसहित)

  • काठमाडौं ।
नेपाली तिथि अनुसार जेठ १९ आउने बित्तिकै जिउ नै सिरिङ्ग पार्ने नारायणहिटी राजदरबार हत्याकण्ड नसम्झने कमै हुन्छन् । सधै वर्ष झै यसपालि पनि जेठ १९ त्यही काहाली लाग्दो रात सम्झाउँदै आएको छ । १४ वर्षअघि भएको दरवारकाण्ड अझै धेरैको दिमागमा ताजै छ ।

२०५८ जेठ १९ गते शुक्रवार राति तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या भएको थियो । तर न अहिलेसम्म हत्याको यथार्थ सार्वजनिक भयो न त जनताले चित्त बुझाउने किसिमको छानबिन नै भएको छ ।

इतिहासको गर्भमा रहस्यकोरुपमा रहेको एउटा राजपरिवारको बंश नै समाप्त हुने गरि भएको उक्त घटना नेपालको इतिहासको एक कहालीलाग्दो रात थियो । बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र छानबिन भने हुन सकेको छैन ।

उक्त हत्याकाण्डबारे एउटा डकुमेन्ट्री बनेको छ । एक विदेशी टेलिभिजनले उक्त भिडियोलाई राजदरबार हत्याकाण्डको लाइभ भिडियो भनेर प्रशारण समेत गरेको थियो ।
हेर्नुहोस् भिडीयो ...

,

प्रतिकृया दिनुहोस्

Loading...