कारबाही भोग्न तयार रहन भन्दै अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीले दिए यस्तो चेतावनी

  • काठमाडौं ।
माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अध्यागमन विभागमा गलत काम हुने गरेको सूचना आफू कहाँ आएको भन्दै योजनाबद्ध रुपमा गलत काम भएमा क्षमा नदिइने बताएका छन् ।

अध्यागमन विभागको सोमबार ‘नेपाल इमिग्रेसन’ नामक मोबाइल एप सार्वजनिक गर्दै मन्त्री शर्माले भने, ‘म कहाँ आइपुगेका सूचना गलत पनि हुनसक्छ सही सूचना हुन् भने गलत गर्नेहरु कारबाही भोग्न तयार भएर बस्नुहोला ।’

उनले थपे, ‘यदि योजनाबद्ध रुपमा जनता र राष्ट्रलाई घाटा हुने काम गर्नेहरुका लागि भने खराब भन्दा खराब मान्छे हुनेछु । यो कुनै चेतावनी हैन बुझन् सजिलो होस् भनेर भनेको हुँ ।’ अध्यागमनमा हुने गरेको गलत कामको सूचना आफूलाई आइरहेको भन्दै उनले त्यसको छानबिन गरी आवश्यक निर्णय लिइने बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...