एपिल क्रिकेटविरुद्ध सर्वोच्चमा रिट दायर, पत्रकारलाई समाचार संकलन गर्न रोक

  • काठमाडौं ।

खेल मिलेमतोको लागि नेपालको मैदान प्रयोग गरिएको भन्दै काठमाडौंमा जारी एसियन क्लव प्रिमियर लिग क्रिकेट प्रतियोगिताविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

अधिवक्ताहरु विकास भट्टराई, शिवजी भण्डारी र मनिषकुमार श्रेष्ठले गृहमन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

खेल मिलेमतोबारेको समाचार जनता टेलिभिनजले सार्वजनिक गरेपछि प्रतियोगिता विवादमा परेको छ । यस्तै प्रतियोगितामा मिलेमतोबारे समाचार आएपछि आयोजकले जनता टेलिभिजनका पत्रकार मदन ढुंगाना र सुमन चापागाइँलाई आयोजक एसियन क्रिकेट फेडरेसनले समाचार संकलनमा रोक लगाएको हो । 

समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाएको प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । एसियन क्लव प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेल भोलि मंगलबारका लागि तय भएको थियो ।

प्रतिकृया दिनुहोस्

Loading...