एकाबिहानै यस्तो दुखद खबर: काभ्रेमा एक होटल व्यवसायीसहित चारजना मृत भेटिए

  • काभ्रे ।
काभ्रेको बनेपा नगरपालिका–७ बसपार्कमा होटल सञ्चान गरेर बसेका एकै परिवारका चारजना मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार बसपार्कमा गौतम होटल सञ्चालन गरिरहेका राजन दाहाल, उहाँका बुबा, आमा तथा बहिनी शुक्रबार बेलुका मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरुको शव भेटिएको होटल भित्र विषका केही खाली सिसा पनि फेला परेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ साउन ७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...