प्रहरीभित्र कांग्रेस र माओवादीको यस्तो मनपरी, आफ्नालाई जागिर खुवाउन भकाभक एआइजी थपिदै

  • काठमाडौं । 

नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दी अनुसार बढुवा गर्दा ‘आफ्ना’ छुट्ने भएपछि ३ पद बढाएर ११ पुर्याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ ।

११ पद बढाएर बढुवा सिफारिस सूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजी दरबन्दी १३ पुर्याउन सहमत भएका हुन्।

मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआइजीको दुई दरबन्दी थप्न सहमति भइसकेको छ । सहमति अनुसार अब बस्ने मन्त्रिपरिषदले औपचारिक निर्णय गरेर गृहले थप दुई जनाको बढुवा सूची निकाल्ने तयारी भएको छ ।

२०७४ साउन ७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...