यसकारण टुटेको थियो अभिषेक र करिश्माको ‘इङ्गेजमेन्ट’, नयाँ खुलासा...


मुम्बई। 

एक दशक अघिकी चर्चित हिरोइन करिश्मा कपूर अहिले ४३ औं जन्मदिन मनाउँदैछन् । 

त्यसमा अभिषेकको कुरा जरुर आउने छ । सञ्जयसंग विहे हुनुभन्दा पहिले करिश्माको इङ्गेजेमेन्ट अभिनेता अभिषेकसंग भएको थियो ।

जुन इङ्गेजमेन्ट अभिषेकको जन्म दिनमा भएको थियो । तर, अचानक उनीहरुको सम्बन्ध टुट्न पुग्यो । अभिषेककी आमाले हुनेवाली बुहारीले फिल्म नखेलोस् भन्ने चाहेकै कारण उनीहरुबीच सम्बन्ध रहन नसकेको बुझिन्छ। पछि करिश्माले सञ्जय कपुरसंग विहे गरिन् । सञ्जयको त्यो दोस्रो बिहे थियो । अहिले फेरि सञ्जयले प्रिया चटवालसंग तेस्रो विहे गरेका छन् । 
उनी अहिले पनि बलिउडमा सिल्भर स्क्रीनमा छाइरहेकी छन् । 

कपूर खानदानबाट बाहिरिएपछि उनलाई बलिउडमा स्थान बनाउन धेरै स्ट्रगल गर्नुपर्यो । करिश्माको विहे अघिको अन्तिम फिल्म ‘बाज : अ बर्ड इन डेन्जर’ हो । जुन फिल्म सन २००३ मा रिलिज भएको थियो ।

सन २०१३ मा सञ्जसंग सम्बन्ध विच्छेदपछि उनी अहिले सन्दिप तोशनिवालसंगको प्रेममा फसेको खबर बाहिर आएको छ । दुबै छिटै नै विहे गर्ने तयारीमा रहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस्

Loading...