नेता ओलीले भने राज्यको खराव र अबैज्ञानिक शिक्षा नितीले मुलुकको बिकासमा चुनौति थपियो

  • काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टीका स्थायीसमिति सदस्य हेमन्तप्रकाश ओली 'सुदर्शन'ले राज्यको खराव र अबैज्ञानिक शिक्षा नितीका कारण मुलुकको बिकासमा चुनौति खडा भएको बताएका छन् ।

अखिल (क्रान्तिकारी) सिटिइभिटीले आयोजना गरेको "प्राबिधिक तथा ब्याबसायीक शिक्षा संम्भावना र चुनौति" बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

ओलीले शिक्षा क्षेत्र दलालभ्रष्ट र कमिसनको सिकार बन्दै गएको भन्दै तल्लो निकायदेखि सचिब मन्त्रीसममको कमिसनमुखी प्रसासनका कारण शिक्षा क्षेत्र बदनाम भएको बताएका छन् ।

यस्तै कार्यक्रममा शिक्षाविद डा. मन प्रसाद वाग्लेले नेपालमा प्राबिधीक शिक्षा अनिबार्य भएपनि राज्यको उदासिनता र गैरजिम्मेबारका कारण यसको स्तर उन्नति र बिकाशको पाटोमा अन्यौलता देखिएको बताएका छन्। 

उनले राज्यसंग कुनै निती योजना नभएको भन्दै संघियताको नाममा प्राबिधीक शिक्षाजस्तो महत्वपूर्ण सेक्टर कुनै तयारीबिना नै स्थानीय निकायलाई सुम्पनु दुखद भएको बताए। 

यस्तै केयुका पुर्व भिसी तथा सिटिइभिटी स्थापक प्रा. डा. सुरेशराज शर्माले संबिधानका कुरा निकै मिठा भएपनि कार्यन्वयन जटिल भएको बताए । 

सिटिइभिटी पुर्व भिसी डा.सरोज देबकोटाले हाम्रो सोचाइमा ठुलो परिबर्तन आबस्यक रहेको बताए । उनले सबै स्कुलमा अनिबार्य प्राबिधीक शिक्षा हुनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै सिटिइभिटी सदस्य सचिब पुस्परमण वाग्लेले देश सम्वृद्धिको मुख्य आधार प्राबिधिक शिक्षा भएको बताएका छन्। उनले सिटिइभिटीमा सकरात्मक परिबर्तनका लागी सबैसंग हातेमालो गर्ने बताए ।

यस्तै कम्युनिस्ट पार्टीका नेता गुणराज लोहनीले शैक्षिक आन्दोलनबारे नयाँ बहस र धारणा आवस्यक रहेकाले अर्धदक्ष, दक्ष र अतिदक्ष जनशक्ति केन्दीत बहसलाइ आन्दोलनमा ब्यक्त गर्न आबस्यक रहेको धारणा राखेका छन्। 

सानोठिमीको टि आइ टि आइ हलमा सम्पन्न भएको कार्यक्रममा बिधार्थि नेताहरु पुर्ण ब सिंह, अनिल शर्मा, रश्मि आचार्य, संन्जीव न्यौपाने लगायतले प्राबिधिक शिक्षा जनताको सहज पहुँचना हुनुपर्ने बताए। 

आयोजकको तर्फबाट संगठनका केस सचिबालय सदस्य तथा सिटिइभिटी संयोजक सुनिता बमले प्राबिधीक तथा सिपमुलक शिक्षाका बहुआयामबारे अबधारणा पत्र पेश गरेकी थिइन् । 

अवधारणापत्र पेश गर्दै बमले अब प्राबिधिक मात्र होइन बहुप्राबिधीक शिपमुलक प्रबृधी मैत्री शिक्षा हुनुपर्ने धारणा राखिन। बमले सिटिइभिटीमा देखिएको समस्या तत्काल हल गर्न समेत माग गरेकी छन्।

२०७४ असार १८ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...