पूर्वाञ्चल विश्वविद्यालयलाई क्रान्तिकारीको ७२ घण्टे अल्टिमेटम


  • काठमाडौं । 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालयलाई माग पूरा गर्न ७२ घण्टाको अल्टिमेटम दिएको छ ।

क्रान्तिकारीको पूर्वाञ्चल विश्वविद्यालय क्षेत्रीय समन्वय समितिले विश्वविद्यालयको उपकुलपति तथा रजिष्ट्रारको कार्यालय विराटनगरमा आइतबार ९ बुँदे मागपत्र बुझाउँदै सो अल्टिमेटम दिएको हो ।

समिति संयोजक भीष्मकुमार शाहीको नेतृत्वमा गएको टोलीले रजिष्ट्रारको कार्यालयमा मागपत्र बुझाउँदै पछिल्लो समयमा कलेज संचालक र पदाधिकारीले मनोमानी शुल्क वृद्धि गर्ने, छात्रावृत्तिलाई अपारदर्शी ढंगले वितरण गर्ने जस्ता गलत हर्कत गरेको भन्दै तत्काल रोकेर विगतका सम्झौता अक्षरसः पालना गर्न माग गरेको छ ।

क्रान्तिकारीले विश्वविद्यालय र क्रान्तिकारीबीच २०७२ पौष १४ गते भएको सम्झौता कार्यान्वयन नगरेको र मापदण्ड–पूर्वाधार पूरा नभएका कलेजलाई सम्बन्धन दिएर गैरकानूनी गतिविधि गरेको विषय पत्रमा उल्लेख गरिएको छ । 

प्रस्तुत माग पूरा गरेर विश्वविद्यालयको विकास र उन्नति हुने विश्वास संयोजक शाहीले लिएका छन् । पत्रको बोधार्थ शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगलाई समेत दिइएको छ ।




,

प्रतिकृया दिनुहोस्

Loading...