कुलमानलाई लाजिम्पाट बोलाएर प्रचण्डले लोडसेडिङ हटाउनुपर्यो भनेपछि !

  • काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिमको लोडसेडिङ हटाउनका लागि पहल लिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न ७ नम्बर प्रदेश पुगेका प्रचण्डलाई त्यहाँका जनताले लोडसेडिङबारे गुनासो गरेका थिए । जनताको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्किएलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए । त्यहि घोषणा पुरा गर्न प्रचण्डले काठमाडौं फर्केर कुलमानलाई भेटेका हुन् ।

यो विषयमा कुरा गर्न प्रचण्डले घिसिङलाई लाजिम्पाट नै डाकेका थिए । सो क्रममा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

 प्रचण्ड प्रधानमन्त्री रहदाँ काठमाडौं उपत्यका सहित अन्य ठाउँमा लाेडसेडिङकाे अन्त्य भएकाे थियाे ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...