नेपालगन्जस्थित केएल दुगड समूहको खाद्य गोदाममा भीषण आगलागी (हेर्नुहोस् भिडियोसहित)

  • काठमाडौं ।
नेपालगन्जको भुजईगाउँस्थित केएल दुगड समूहको खाद्य गोदाममा भीषण आगलागी भएको छ।

दिउँसो करिब ४ बजे सुरु भएको आगलागीबाट स्वस्तिक सोयाबिन तेल र घिउको गोदाम जलेर नष्ट भएको छ।आगलागी फैलदै गएपछि सँगै रहेको गोदाममा भन्डारण गरिएको धान र गहुँ पनि जलेर नष्ट भएको छ।

आगलागी नियन्त्रणमा लिन नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका साथै नेपाल नागरिक उड्यन प्राधिकरण नेपालगन्जको दमकलसहित एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।

आगलागी नियनत्रणका लागि बाँकेका प्रहरी उपरीक्षक टेक प्रसाद राईलगायत नेपाली सेना र शसस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरु परिचालन भएका थिए।

४ बजेबाट सुरु भएको आगलागी साझ साढे ७ बजे तिर नियन्त्रणमा आएको छ। आगालगीबाट गोदाममा भएका सामाग्रीहरू जोगाउन एक्साबेटरले गोदाम घरलाई तोडफोड गरिएको थियो।

आगलागी कसरी भयो र कति क्षति भयो भन्ने अझै यकिन भईनसकेको बाँकेका प्रहरी उपरीक्षक राईले सेतोपाटीलाई बताए।

,

प्रतिकृया दिनुहोस्

Loading...