कर्मचारीलाई उर्जामन्त्री शाहीको पहिलो निर्देशन - देशका लागि अब मर्न पनि तयार हुनुस्


काठमाडौं । 

नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नडराएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बुधबार पदभार ग्रहण गर्दै ‘काम गर्दै जाँदा मुद्धा पर्ला र जेल जानु पर्ला भनेर नडराउनुस्,’ मन्त्री शाहीले भने, ‘देशका लागि अब मर्न पनि तयार हुनुस्’ मन्त्री शाहीले भने । 

उनले आफ्नो घर निर्माण गर्ने क्रममा जेल जानुपर्‍यो भने त्यो घृणित कार्य भएपनि राष्ट्र निर्माणमा जेल जानुपर्‍यो भने त्यो गौरबको विषय भएको बताए ।

मन्त्री शाहीले लामो समय विद्युत आयोजनाहरु अघि बढाउन रोकेर फाइदा लिने तत्व अहिले पनि देशमा सक्रिय रहेको भन्दै कर्मचारीहरुले खुट्टा नकमाउन निर्देशन दिए । ‘खुट्टा कमाउनुहुन्छ भने आजै राजीनामा दिनुस्, रिटायर्ड हुनुस् । तर, काम गर्ने आँट छ भने अब म तपाईहरुको साथमा छु’ उनले भने ।

आउँदो हिउँदमा बिद्युत आपुर्ति सहज गराउनका लागि लोड म्यानेजका साथै चुहावट घटाउन पर्ने मन्त्री शाहीले बताए । प्राबिधिक चुहावट नियन्त्रण तत्काल अघि बढाउने उनको भनाइ छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...